२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


नेपाललाई अपराधकोे केन्द्र बनाउन सम्भव छैन : महानिरीक्षक खनाल


0
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी आपराधिक समूहले नेपाली भूमि प्रयोग गरेर अपराध गर्न खोजेको भन्ने अफवाह फैलाइएको बताएका छन् ।

काठमाडौंका विभिन्न स्थानमा बन्ने प्रहरी भवनहरुको शिलान्यास गर्दै उनले विदेशी आपराधिक समूहले नेपाली भूमिलाई अपराधकोे केन्द्र बनाउन खोजेको हो भने त्यो सम्भव नभएको स्पष्ट पारे ।

महानिरीक्षक खनालले आपराधिक मनोवृत्ति लिएर कतिपय विदेशी नेपाल आउने गरे पनि ती नेपाल प्रहरीको नजरबाट नछिप्ने बताए ।

महानिरीक्षक खनालले साइबर अपराध र मानव बेचबिखनका घटनालाई प्रहरीले प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले विभिन्न निर्माण कम्पनीहरु कालोसूचीमा परेको भन्दै प्रहरी भवन निर्माणका क्रममा कुनै अनियमितता भए कानुन अनुसार कारबाही गर्ने चेतावनी दिए ।

महानगरीय प्रहरी परिसर,टेकुमा बन्न लागेको महानगरीय अपराध महाशाखाको भवन र पुलिस क्लबको भृकुटीमण्डपमा बन्ने भवन अपांग,वातावरण र महिलामैत्री हुनुका साथै भूकम्प प्रतिरोधात्मक रहने छन् । २ बर्षमा तयार गरिने भवनहरुको निर्माण लागत १ अर्व ९६ करोड रहेको छ ।