२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लिङ्गो ठड्याएपछि इन्द्रजात्रा : हनुमानढोकामा जे देखियो (हेरौं तस्विर)


0
Shares

काठमाडौं । लिङ्गो ठड्याएपछि यस वर्षको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु भएको छ ।

काठमाडौंको हनुमानढोकामा मंगलबार बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो ।

केन्द्रीय मानन्धर संघले भक्तपुरको चित्तपोल वनबाट परम्परागत रुपमा पूजा गरी ल्याएको लिंगो ठड्याइएको हो ।

लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइएको छ ।

इन्द्रजात्रा शुरु भएको प्रतिकस्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्रलगायत अरु ठाउँमा सानो लिंगो ठड्याउने गरिन्छ ।