२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८२ वटा निलगाई


0
Shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो पटक निलगाईको गणना गरिएको छ । निकुञ्ज कार्यालयले पहिलो पटक निलगाईको गणना गरेको हो ।

गणना अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८२ वटा निलगाई रहेका छन् । जसमध्ये १६ वटा वयस्क, २ वटा अर्धवयस्क गरी १८ वटा भाले निलगाई छन् ।

यस्तै, ४० वटा वयस्क, ७ वटा अर्धवयस्क गरी ४७ वटा पोथी निलगाई रहेका छन् भने १७ वटा बाछाबाछी रहेको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार शुक्लाफाँटामा सन् २०१३ मा निलगाईको संख्या ८० देखि ९० वटा हुनसक्ने अनुमान गरिएको थियो ।

निकुञ्जको खुल्ला खालको सालको वन र बस्तीको वरिपरिको निलगाई रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यस्तै, महाकाली किनार, सुन्दरीफाँटा, हात्तीथला, हिरापुर, तारापुर लगायतका स्थानमासमेत निलगाई रहँदै आएका छन् ।