
न्यूयोर्क । गैरआवसीय नेपाली संघ(एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आइसीसी सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएन अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अन’भवका आधारमा आईसीसी महत्वपूर्ण पदमा बसेर काम गर्न सकिने बताउँदै ग्लोबल संस्थामा काम गर्न आफूसँग अनुभव र स्रोत साधन सबै व्यवस्थापन गर्न सकिने बताए ।
क्षेत्रीय संयोजकका हैसियतमा काम गर्दा अमेरिका क्षेत्रमा हालसम्म नभएका उत्कृष्ट काम गरेको दावी गर्दै श्रोत, साधन, बैद्धिक क्षमता सबैको संयोजन गरी समृद्ध नेपालका लागि धेरै काम गर्ने बताए ।
सन्चारकर्मीहरुमाझ उम्मेदावरी घोषणा गर्दै जोशीले भने, ‘मैले जति काम क्षेत्रीय संयोजक भएर काम गरें अब त्यो अनुभव ग्लोबल र नेपालको लागि गर्ने चाहाना छ ।’
एनआरएनलाई भिजन २०२० अनुसार व्यवस्थापन गर्न जरुरी भएको उनले बताए । भिजन २०२० मा पोलिसी ईष्टिच्यूट स्थापना गरी सीप क्षमता र अनभवका आधारमा संस्था सन्चालन र विश्वभरीका सीप क्षमता र वौद्धिक व्यक्तिहरुलाई संयोजन गर्न सकिने उल्लेख छ ।
अमेरिकाबाट छनौट गरिने डेलिगेडका सम्बन्धमा आईसीसीले पठाएको निर्देसित कार्यक्षेत्रभित्र रहेर छनौट गरिने भएकाले कसैलाई शंका नगर्न आग्रह गर्दै यदि त्यस्तो निर्देशिका अन’सार भएन भने आफूले त्यसको व्यवस्थापनका लागि आईसीसीले अन्तिम अधिकार प्रयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्