काठमाडौं । यस वर्षको इन्द्रजात्रा पर्व आजबाट विधिवत् रुपमा सुरु भएको छ ।
काठमाडौंको हनुमानढोकामा आज बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो ।
केन्द्रीय मानन्धर संघले भक्तपुरको चित्तपोल वनबाट परम्परागत रुपमा पूजा गरी ल्याएको लिंगो ठड्याइएको हो ।
लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइएको छ ।
इन्द्रजात्रा शुरु भएको प्रतिकस्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्रलगायत अरु ठाउँमा सानो लिंगो ठड्याउने गरिन्छ ।
लिंगो ठड्याएको आठ दिनसम्म इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्