चीनका विदेशमन्त्री वाङ यीले देउवा र दाहाललाई भेटे, आज स्वेदश फर्किँदै • Image Khabar Image Khabar


चीनका विदेशमन्त्री वाङ यीले देउवा र दाहाललाई भेटे, आज स्वेदश फर्किँदै


Imagekhabar
२४ भाद्र २०७६, मंगलवार १०:२४

चीनका विदेशमन्त्री वाङ यीले देउवा र दाहाललाई भेटे, आज स्वेदश फर्किँदै

काठमाडौं । नेपालको तीनदिने भ्रमणका लागि आइतबार आएका चीनका विदेशमन्त्री वाङ यी आज केही राजनीतिक भेटघाटपछि भ्रमण पूरा गरेर दिउँसो स्वदेश फर्किँदै छन् ।

उनको भ्रमणको दोस्रो दिन हिजो राति परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग प्रतिनिधिमण्डल स्तरको भेटवार्ता गरेको जनाइएको छ । दुवै परराष्ट्र मन्त्रीले दुई देशबीचको सबै महत्वपूर्ण पक्षका बारेमा पुनरवलोकन गरेको जनाइएको विज्ञप्तीमा उल्लेख छ ।

दुवै परराष्ट्रमन्त्रीले पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध अझ विस्तार र गहिरो हुँदै गएकोमा सन्तोष व्यक्त गर्दैै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्ने विषयमा कुरा भएको जनाइएको छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सामाजिक –आर्थिक विकासमा चीनको निरन्तर सहयोग र कनेक्टिभिटी, पूर्वाधार, उर्जा र शिक्षाको क्षेत्रमा सहयोग बृद्धि गरेकोमा सर्हाना गरेका थिए । चीनका विदेशमन्त्रीले नेपालको विकास प्रयासमा चीनको सहयोगको प्रतिबद्धता जनाएका थिए ।

यसैगरी दुवै पक्षले व्यापार, लगानी र पर्यटनको क्षेत्रमा केन्द्रीत रहेर दुई पक्षीय आर्थिक सहयोगको बारेमा धारणा राखेका थिए ।

भ्रमणको अन्तिम दिन मंगलबार वाङ यी भक्तपुर घुमफिरपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । त्यसपछि प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्