२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


शनिबारबाहेक विदा नहुने सामुदायिक बिद्यालय : १६ वर्षदेखि सरकारी बिदा कटौती


0
Shares

बाग्लुङ  । प्रायजसो सामुदायिक विद्यालयहरु विभिन्न चाडपर्व तथा अन्य सरकारी विदामा बन्द हुँदै आएका छन् ।

तर बागलुङको काठेखोला गाउँपालिका– ४ तंग्राममा रहेको धारा माध्यमिक विद्यालय भने त्यस्तो छैन । सरकारी बिदाका दिन पनि विद्यालय सञ्चालन हुन्छ ।

२०६१ सालदेखि सरकारी बिदा कटौती गरेर अन्य सामुदायिक विद्यालयहरुभन्दा बेग्लै किसिमले संचालन हुँदै आएको विद्यालय बिदाको दिनमा पनि संचालन हुन थालेपछि यहाँ अध्ययन गर्ने विद्यार्थीहरुको पढाईमा सुधार आएको बिद्यालय प्रशासनको दावी छ ।

१६ वर्षदेखि सरकारी बिदा कटौती गरेर विद्यालय सञ्चालन गर्दा सुरु–सुरुमा केही गाह्रो भएपनि अहिले यसैले बिद्यालयको शैक्षिकस्तर राम्रो भएको विद्यालयका प्रधानाध्यपक मित्रदत्त ढकालले बताए ।

यो विद्यालय अहिले जिल्लाकै नमुना विद्यालय बनेको छ । विद्यालयको यस नीतिप्रति स्थानीय समुदायदेखि शिक्षकहरुले समेत खुलेर साथ दिएका छन् ।

विदाको सट्टा शिक्षकहरुको लागि विद्यालयले दुर्घटना बीमा भने गराएको छ । विद्यालय शनिबार बाहेक दशैँमा ५ दिन र तिहारमा ३ दिन मात्र बिदा हुने गरेको छ ।