२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्याङलुङ क्याम्पसका प्रमुखको कार्यकक्षमा लागेको ताला अझै खुलेन


0
Shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङ क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला अझै खुल्न सकेको छैन ।

क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब वृद्धिका लागि पटक पटक माग गरेपनि वेवास्ता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा भदौ ११ गतेबाट लगाइएको ताला अझै खुल्न नसकेको हो ।

क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले क्याम्पसका प्रमखुको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

बिगतका केही वर्ष यता आफुहरुको तलव अत्यन्तै न्युन भएको भन्दै सेवा सुविधा वृद्धिका लागि क्याम्पस सञ्चालन समिति तथा क्याम्पस प्रमुखलाई पटक पटक माग गरेपनि सुनुवाई नभएको आन्दोलनरत कर्मचारी बताउँछन् ।

प्राध्यापक तथा कर्मचारी आन्दोलन संयोजन समितिले भदौ ११ गतेसम्ममा तलब बढाइसक्न क्याम्पस सञ्चालन समितिलाई भनेको थियो ।

तर कार्यन्वयन नभएपछि प्राध्यापक तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । २०३६ सालमा स्थापना भएको क्याम्पसमा २२ जना प्रध्यापक तथा कर्मचारी कार्यरत छन् । 

करिब ३ हजार बिद्यार्थी अध्यययरत यस क्याम्पसमा शिक्षा, मानविकी तथा व्यावस्थापन विषयमा पठन पाठन हुँदै आएको छ ।