सार्वजनिक यातायातभित्र यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद पक्राउ • Image Khabar Image Khabar


सार्वजनिक यातायातभित्र यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद पक्राउ


Imagekhabar
२४ भाद्र २०७६, मंगलवार ०६:२३

सार्वजनिक यातायातभित्र यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद पक्राउ

काठमाडौं, भदौ २४ । पूर्वसभासद् योगेन्द्र घिसिङ सार्वजनिक यातायातमा महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

सो सम्बन्धमा अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको नेपाल प्रहरीकी एसपी दुर्गा सिंहले जानकारी दिएकी छन् ।

रत्नपार्क भैसेपाटी रुटमा चल्ने सार्वजनिक यातायातमा घिसिङले एक किशोरीलाई अभद्र व्यवहार गरेका थिए । –नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्