
काठमाडौं, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसंगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६० जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ४५, ललितपुरका ९ र भक्तपुरका ६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् ।
प्रतिक्रिया दिनुहोस्