
हेटौंडा, भदौ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा अहिलेसम्मकै डरलाग्दो भ्रष्टाचार र बेरोजगारी समस्या देखिएको बताएका छन् ।
सोमबार राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले स्थानीय तहदेखि केन्द्रसम्म ठूला व्यापारी, नेता र कर्मचारीहरुको त्रिकोणात्मक गठबन्धन तयार गरेर देशमा लोकतन्त्रको आडमा ब्रम्हलुट भइरहेको आरोप लगाए ।
उनले अहिले देखिएको सुनकान्ड, ‘वाइडबडी’ भ्रष्टाचार, सरकारी जग्गा हड्प्नेलगायतका भ्रष्टाचारमा प्रमुख दलहरुको संलग्नता रहेकाले संसदमा भ्रष्टाचारको विषयले प्रवेश नै नपाउने गरेको तर्क गरे ।
उनले राप्रपाले आउँदो जेठमा केन्द्रीय महाधिवेशन गर्ने भन्दै आवश्यक तयारीसमेत सुरु भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्