‘ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमा जोड दिन्छौं’ • Image Khabar Image Khabar


‘ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमा जोड दिन्छौं’


Imagekhabar
२३ भाद्र २०७६, सोमबार १५:३४

‘ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमा जोड दिन्छौं’

काठमाडौं, भदौ २३ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।

सोमबार ट्राफिक महाशाखामा पत्रकार सम्मेलन गर्दै एसएसपी ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार गर्न ट्राफिक नियममा कडाइका साथ लाग्ने बताए ।

उनले सडकको संरचना र सवारीसाधनको चाप नै ट्राफिक व्यवस्थापनको मुख्य समस्या भएकाले सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

जनशक्ति अभावका कारण पनि ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको महाशाखा प्रमुख ढकालको भनाइ छ ।

मोटरसाइकल चोर्ने सार्वजनिक

यसैबीच, महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीनजनालाई सोमबारै सार्वजनिक गरेको छ ।

महाशाखाले चोरी भएका १८ ओटा मोटरसाइकल सवारीधनीलाई हस्तान्तरणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्