३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


विश्व शान्तिको कामना गर्दै महावीर जयन्ती मनाईयो


0
Shares

काठमाडौं । विश्व शान्तिको कामना गर्दै आज जैन धर्मावलम्वीहरुले काठमाडौको कमलपोखरीमा भगवान महावीरको सम्झना गर्दै विभिन्न कार्यक्रम गरेका छन् ।

विश्वमा बढ्दै गएको हत्या, हिंसा त्यागि शान्तिका लागि अग्रसर हुन मानवजातीसँग उनीहरुले आग्रह गरेका छन् ।

जैन धर्मावलम्वीहरु नुहाई, धुवाई गरेर पवित्र भइ महावीरको सम्झनामा १० दिनसम्म विशेष भजनकीर्तनसहित पूजा आराधना गर्ने गरेको पूजारी सुरेन्द्र जैन प्रतिष्ठाचार्यले बताए ।

जैन समाजका सदस्य सुभाष जैनले १० दिनसम्म भगवान महावीरको सन्देश प्रत्येक जैन धर्मावलम्वीको घर–घरमा पु¥याइने बताए । जैन धर्मवालम्वीहरुले प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गर्छन् ।