Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा र तनहुँ विजयी


0
Shares

पोखरा, फागुन ४ । पोखरा रंगशालामा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा र तनहुँ विजयी भएका छन् ।

भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा स्याङ्जाले कास्की र तनहुँले मुस्ताङलाई हराएको हो ।

त्यसैगरी महिलातर्फको प्रतिस्पर्धामा म्याग्दीले नवलपुर र स्याङजाले पर्वतलाई पराजित गर्यो ।

त्यसैगरी तनहुँले लमजुङलाई हराएको छ ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागी छन् ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ ।

सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ ।