काठमाडौं, फागुन ४ । देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ ।
स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखि ७ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।
अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ ।
प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्ने छन् ।





प्रतिक्रिया दिनुहोस्