काठमाडौं । नेपाल चीन परराष्ट्रमन्त्रीस्तरिय वार्ता आज हुँदैछ । तीन दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ यीको टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्न लागेको हो ।
१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाङ हिजो साँझ नेपाल आएका हुन । दुई देशबीच केहि समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
वार्तामा पुराना सम्झौताहरु कार्यान्वयनको समीक्षा र पुनरावलोकन पनि हुने छ ।
चार वर्षपछि नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले दुई मुलुकबीच अहिलेसम्म भएका सन्धिसम्झौता, नेपालमा सञ्चालित विकास निर्माण परीयोजनाको पुनरावलोकन तथा तिनीहरुको कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ ।
वार्तामा शिक्षा, स्वास्थ्य क्षेत्रमा चीनले गर्ने सहयोगका बारेमा पनि छलफल हुने बताइएको छ ।
यसैबीच विदेशमन्त्री वाङले आजै साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नेछ ।
वाङको सम्मानमा आजै साँझ परराष्ट्रमन्त्री ज्ञवालीले रात्री भोजको आयोजना गर्नुहुने परराष्ट्र म्नत्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्