२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


१०५ जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, फागुन ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

हाल नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।