
ताप्लेजुङ, साउन ७ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नहुँदा असहज भएको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले निर्वाचनको मिति सरकारले घोषणा गरेपछिमात्र आयोगले निर्वाचन क्यालेन्डर बनाउनुपर्ने समस्या झेल्नुपरेको बताए ।
आयोगसँग ६० दिनभित्रै निर्वाचन सम्पन्न गर्नसक्ने क्षमता रहेको दाबी गर्दै उनले निर्वाचनको मिति तोक्ने अधिकार मन्त्रिपरिषदलाई नभइ आयोगलाई हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्