२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने प्रधानमन्त्रीको दावी


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

आफू निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको हो ।

उहाँले देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ । प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गर्नुभयो । आगामी वर्ष आर्थिक वृद्धिलाई दोहोरो अंकमा पुर्‍याउने उहाँको भनाइ छ ।

आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताउनुभयो ।