
काठामाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ ।
खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् ।
एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित ग¥यो । दोस्रो खेलमा विराटनगर महानगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकालाई १–० गोल अन्तरले हरायो । एपीएफ र आर्मीको छुट्टाछुटै समूहसँग खेल रहेकाले लिगको उपाधिको छिनोफानो भोलि हुने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्