
काठमाडौं, फागुन ३ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ सय ८१ रहेको छ ।
सोमबार १२२ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १५ सय ८१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा १ हजार ५३ जना काठमाडौं उपत्यकाका हुन् ।
काठमाडौंका मात्रै एक हजार जना सक्रिय संक्रमित छन् ।
अन्य क्षेत्रमा कोरोनाको संक्रमण घटे पनि उपत्यकामा भने कायमै रहेको छ ।
सोमबार ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षणमा ४२ महिलासहित १ सय २२ जना संक्रमित भएका हुन् ।
जसमा काठमाडौं उपत्यकाका ७३ जना छन् ।
त्यस्तै एक जनाको कोरोनाबाट मृत्यु भएको छ भने एक सय ४४ जना कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।
निको हुने २ लाख ६९ हजार २ सय ४ रहेका छन् भने २ हजार ५५ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्