विराटनगर, भदौ २२ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले घूसखोरी र कमिसनको खेल भएको थाहा पाए एक घण्टाभित्र कारबाही गरिने चेतावनी दिएका छन् ।
आज बसेको प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रणका लागि आफूलाई साथ दिन प्रदेश सांसदलाई आग्रहसमेत गरे ।
उनले स्वच्छ, सबल र समृद्ध प्रदेश निर्माण गर्ने बेला आएकाले सबैले आ–आफ्ना जिम्मेबारी पूरा गर्नुपर्नेमा जोड दिए । नैतिक मूल्यको जगमा उभिएर नेतृत्व गर्न आफुले चाहेको उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्