
काठमाडौं, फागुन ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५४१ जनामा पीसीआर परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्