ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनावको घोषणा गरे : कांग्रेस नेता सिंह • Image Khabar Image Khabar


ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनावको घोषणा गरे : कांग्रेस नेता सिंह


Imagekhabar
३ फाल्गुन २०७७, सोमबार १५:२१

ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनावको घोषणा गरे : कांग्रेस नेता सिंह

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउनुभएको छ ।

कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताउनुभएको हो ।

नेता सिँहले ‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ भन्नुभयो ।

उहाँले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।

‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरि निर्णय गर्नेछ।’

पुर्नवहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ ।

सिंहले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएको भन्दै । कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने उनको भनाइ थियो । उनले संविधान मिचेका ओलीले चुनाव गराउँछ भनेर पत्याउछ भने त्यसलाई रामराम मात्र भन्न सकिने बताउनुभयो ।

‘संविधान मिच्ने ओलीले निर्वाचन गराउछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ । नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानून हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्