Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


आफ्नै दलका साथीहरुले अल्मल्याएर कामै गर्न दिएनन्ः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका साथीहरुले अल्मल्याएर र कामै गर्न नदिएको बताउनु भएको छ । पार्टीभित्रको शक्तिसंघर्षका कारण आफूलाई कामै गर्न नदिएको उहाँले बताउनु भएको हो ।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको उद्घाटन पछि सरकारको तीन वर्ष पूरा भएको बारे प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ साथीहरुको कुण्ठाको असर व्यवस्थापिकामा नपरोस भनेर आफूले हरदम रोकिराखेका बताउनुभयो ।

असमयमै निर्वाचन गर्न नपरोस भनेर आफूले धेरै गरेको उहाँको जिकिर छ । सरकारकै रहेका दलका केही नेताले आफू विरुद्ध हमला गर्ने र विस्थापित गर्ने साथीहरुलाई सम्झाउने र स्थितिलाई सामान्य बनाउने प्रयास निरन्तर गरेको उहाँले बताउनुभयो ।

संसदीय दलमा आफ्ना विरुद्ध केही उजुरी नभएको भन्दै कुनै एक व्यक्तिले झुटा लाञ्छना लगाएर देशभर बाढेको प्रति उहाँले आक्रोश पोख्नुभयो ।