
म्याग्दी, भदौ २२ । बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अवरुद्ध भएको छ ।
पहिरोले १३ मिटर सडक बगाएको छ । सडक मर्मत गरी यातायात खुलाउने प्रयास भईरहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
सोमबारसम्ममा सडक संचालनमा ल्याउने उनले बताए । पहिरोले सडक थुनिएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्