विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त छ : प्राधिकरणका कार्यकारी निर्देशक शाक्य • Image Khabar Image Khabar


विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त छ : प्राधिकरणका कार्यकारी निर्देशक शाक्य


Imagekhabar
२ फाल्गुन २०७७, आईतवार २०:४०

विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त छ : प्राधिकरणका कार्यकारी निर्देशक शाक्य

काठमाडौं, फागुन २ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ ।

प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताउनुभयो ।

उहाँले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपुर्ण रहेको बताउनुभयो ।

विद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले विद्युत् प्रसारण तथा वितरण र खपतलगायत समग्र समस्या समाधानका निम्ति छुट्टै ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्