१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


निजामती सेवा दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज निजामती सेवा दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।

२०६२ सालबाट हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउन थालिएको हो ।

तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।

दिवसको सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि विभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।

यसैबीच निजामती कर्मचारीहरुले आज अपराह्न सिंहदरवारमा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेका छन् ।