१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आइपुग्ने


0
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।

यसलाई दुवै देशले पुष्टि गर्दै भ्रमणको घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भोली विदेशमन्त्री वाङसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्विपक्षीय वार्ता गर्ने र भ्रमण टोलीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।

केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने वाङ वरिष्ठ चिनियाँ अधिकारी हुन ।

नेपाल भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री वाङको भ्रमणलाई दशकौंदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा पनि हेरिएको छ ।