१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


दक्षिण कोरियामा आएको आँधी उत्तर कोरियातर्फ


0
Shares

काठमाडौं । दक्षिण कोरियामा हालै आएको समुद्री आँधी बिस्तारै उत्तर कोरियातर्फ सरेको छ ।

दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरका घरहरुमा क्षति पुर्‍याएपछि उच्च सतर्कता अपनाइएको छ भने देशमा आपतकाल घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको आँधीले उत्तर कोरियाका केही घरहरुमा समेत क्षति पुर्‍याएको छ भने यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ ।

यसअघि दक्षिण कोरियामा आएको सोही समुद्री आँधीले राजधानी सोलमा दुई जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

आँधीले बालीनाली नष्ट गर्न सक्ने र हजारौं नागरिक खाद्यान्नको अभाव झेल्न बाध्य हुने आंकलन गरिएको छ ।

आँधीेले पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै बालीनाली जोगाउनका लागि बाँध र जलासयका संरक्षण धमाधम गर्न थालिएको छ ।

आँधी प्रभावित हुन सक्ने शहरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

सोही समुद्री आँधीले दक्षिण कोरियाका १ सय ५० उडानहरु रद्द भएका कारण हजारौं यात्रु अलपत्र परेका छन् । (एजेन्सी)