२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


उमेर ढल्केपछि पुन्य कमाउँ–कमाउँ लाग्छः प्रधानमन्त्री ओली


13
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उमेर ढल्केपछि पुन्य कमाउन मन लाग्ने बताउनुभएको छ । शनिबार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गर्दैै उहाँले केबलकार निर्माणपछि पाल्पाको कामक्ष मन्दिरमा दर्शन गरेर पुन्य कमाउन सकिने बताउनुभयो ।

‘उमेरमा भन्दा पनि उमेर ढल्केपछि पुन्य कमाउ कमाउ लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिँडेर जान सकिदैँन, केबलकार चढ्यो गयो ।’ केबलबार बनेपछि ज्येष्ठ नागरिकहरुलाई धर्मकर्म गर्न र पर्यटकहरुलाई घुम्नको लागि बुटवल र पाल्पा उत्कृष्ट गन्तव्य हुने बताउनुभयो ।

पछाडि परेको भूमिलाई विकसित गर्दै लगिने सरकारको चाहना अनुसार निजी क्षेत्रले काम गर्न लागेकोमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई धन्यवाद दिनुभयो । विकास निर्माणका कामका लागि सरकार निजी क्षेत्रसँगको सहकार्य गरिरहेको स्पट पादै कामका लागि सरकारको तर्फबाट आवश्यक सहयोग पुग्ने बताउनुभयो ।

३ अर्ब ५२ करोड रुपैयाँको लागतमा निर्माण हुने लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

प्रधानमन्त्रीले अर्को वर्ष फागुन १ गते केवलकार चढेर माथि जान सकियोस् भनि शुभकामना दिनुभएको छ । चन्द्रागिरी हिल्सकै तर्फबाट लुम्बिनी केवलकारको निर्माण हुन लागेको हो ।