१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


महाकालीमा पानीको बहाव बढ्यो, भारतद्वारा शारदा ब्यारेजमा चारपांग्रे सवारी–साधनमा रोक


0
Shares

कन्चनपुर, भदौ २१ । शुक्रबार रातिदेखि कन्चनपुरलगायत चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढ्दा सवारी–साधनको आवागमन प्रभावित भएको छ ।

शनिबार दिउँसो २ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३४ हजार ८०० क्यूसेक रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे सवारी–साधनको आवागमन बन्द गरेको छ ।

पुलको सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले पानीको बहाव एक लाख नाघेपछि चारपांग्रे सवारी–साधनको आवागमनमा रोक लगाउने गरेको छ ।

यता, नदीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले भीमदत्त नगरपालिका वडा नम्बर–११, १२ तथा महाकाली नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।