१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


अब मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प छैन : गंगामाया


0
Shares

काठमाडौं, भदौ २१ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न राज्य तयार नभएकाले अब यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प नभएको गोरखाकी गंगामाया अधिकारीले बताएकी छन् ।

शनिबार वीर अस्पतालमा पत्रकार सम्मेलन गरी उनले कारबाहीको माग गरेको सात वर्ष बित्दा पनि न्याय पाउन नसकेकाले अब राज्यबाट न्याय पाइएला भन्ने आशा नभएको बताइन् ।

गंगामायालाई भेट्न शनिबार मानवअधिकारकर्मीहरु वीर अस्पताल पुगेका थिए ।

मानवअधिकारकर्मी चरण प्रसाइँले गंगामायाको माग पूरा नभए अब अन्तर्राष्ट्रियरुपमा यसको समाधान निकाल्नुपर्ने बताए ।

गोरखा, फुजेलकी गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन, बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।