१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


‘बुद्ध दर्शन र बौद्ध सन्देश’ विमोचित


0
Shares

काठमाडौं, भदौ २१ । बौद्ध दर्शन तथा संस्कृतिका अनुयायी पुरुषरत्न धाख्वाद्वारा लिखित ‘बुद्ध दर्शन र बौद्ध सन्देश’ नामक पुस्तकको विमोचन गरिएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका महासचिव कौन्दन्य माहस्थावीरले पुस्तकको विमोचन गरे ।

पुस्तकमा बौद्धधर्मका उपदेश, बुद्धले दिएका शान्ति सन्देश अहिले पनि सान्दर्भिक रहेको भन्दै बुद्धले देखाएको बाटो हिँड्न प्रेरित गर्ने विषय समेटिएका छन् ।

पुस्तकका लेखक धाख्वाले पुस्तक विश्वभर छरिएर रहेका बौद्ध धर्मावम्बीहरुका लागि मार्गदर्शक बन्नसक्ने विश्वास व्यक्त गरे ।