
काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकाको ऐतिहासिक पर्व कुमारीजात्राको अवसरमा काठमाडौंको किलाबहाल, मञ्जुश्रीटोलमा ११६ बालबालिकाहरुको कुमारी र कुमार पूजा गरिएको छ ।
सो बहालमा रहेको पञ्चकुमारीको मन्दिरमा शनिबार बज्रयानी तन्त्र विधिबाट पूजा गरी कुमारी बालिकाहरुलाई पुजिएको हो ।
महिला दिदीबहिनी समूहले आयोजना गरेकोमा पूजामा कुमारकारुपमा बालकहरुलाई पनि पुजिएको हो ।
काठमाडौं उपत्यकामा यही भदौ २७ गतेदेखि इन्द्रजात्रा पर्व सुरु हुँदैछ ।
इन्द्रजात्राकै बीचमा जीवित देवी कुमारीलाई तुलजा भवानीकारुपमा पुजिने र सोहीक्रममा रथयात्रासमेत गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्