१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


‘डोरियन’ आँधीबाट बहमासमा ४३ जनाको मृत्यु


0
Shares

बहमास, भदौ २१ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको ‘डोरियन’ नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको संख्या शुक्रबार ४३ पुगेको छ ।

उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छाडेका हुनाले मृतकको संख्या अझै बढ्नेसक्ने अनुमान गरिएको छ ।

समुद्रको छाल र भीषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’को संज्ञा दिएका थिए ।

द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

आँधीका कारण २६० घरका बासिन्दाहरू नराम्ररी प्रभावित भएकाले अबोको टापुको राजधानी नासाउ आइपुगेका बताइएको छ ।

बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले यस डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३० बाट उकालो लागेर ४३ पुगेको पुष्टि गरेका छन् ।

यसअघि, यस आँधीको प्रकोपबाट ३० व्यक्तिको मृत्यु भएको अमेरिका समाचार सञ्जाल ‘सीएनएन’ले जनाएको थियो । यस आँधीबाट लाखौं मानिस प्रभावित भएका छन् । रासस/एएफपी