काठमाडौं । काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिला–पुरुषको समान प्रयासबाट मात्र समृद्ध नेपाल सम्भव हुने बताएकी छन् ।
काठमाडौंको म्हेपीमा आज आयोजित उद्घोषण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उनले महिला शिक्षित भए मात्र घर र समाज नै शिक्षित हुने भएले महिलालाई अगाडि बढाउन पुरुषले पनि भूमिका खेल्नु पर्ने धारणा राखिन ।
उपमेयर खड्कीले महिला सशक्तिकरणबाट मात्र परिवर्तन सम्भव हुने बताए ।
कार्यक्रममा समाजसेवी रघुवरभक्त मानन्धरले समाजलाई अगाडि बढाउनका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताए ।
१५ दिने उद्घोषण तथा सशक्तिकरण तालिमको सहजीकरण गीता मुनिकार र रमेश मुनिकारले गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्