१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


‘न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन सक्रिय भएर लागेको छु’


0
Shares

सुनसरी, भदौ २० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आफू सक्रिय भएर लागेको दाबी गरेका छन् ।

शुक्रबार सुनसरीको धरानमा २८औं कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले न्यायपालिकाको गरिमालाई कायम राख्न ढिलासुस्ती, बदनीयत, अनियमितता र गैरन्यायिक आचारण नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएको बताए ।

बार एसोसिएसन र न्यायपालिकाबीचको सम्बन्ध सुमधुर भएमात्रै न्यायालय बलियो हुने भन्दै उनले कानुन व्यवसायीहरुलाईसमेत सचेत भएर आफ्नो व्यवसायमा लाग्न सुझाव दिए ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पछिल्लो समय अदालतको काममा धेरै सुधार आएको दाबी गरे ।

शनिबारसम्म चल्ने सम्मेलनमा दुई हजार कानुन व्यवसायी महिलाहरुको सहभागिता रहेको छ ।