२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


प्रधानमन्त्रीको स्वास्थ्यावस्था ‘सामान्य’


0
Shares

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिनसक्ने अवस्थामा रहेको उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिएकी छन् ।

डा. शाहले शुक्रबार प्रेस वक्तव्य जारी गरी उनको स्वास्थ्यावस्था सामान्य रहेको स्पस्ट गरेकी छन् ।

प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल गएका थिए ।

सिंगापुरबाट स्वास्थ्योपचार पूरा गरी उनी शुक्रबार स्वदेश फर्किएका हुन् । रासस