६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


श्रीमतीको हत्या गरी आत्मसर्मपण गर्न प्रहरी चाैकी पुगे पाल्पाका रामबहादुर


0
Shares

पर्वत । पर्वतको जलजलामा गाउँपालिकाका एक युवकले श्रीमतीको हत्या गरी प्रहरी चौकीमा गएर आत्मसमर्पण गरेका छन् ।

जलजला–४लुङ्दी देवीस्थान घर भएका ३४ वर्षीय रामबहादुर नेपालीले ३५ वर्षीया श्रीमती सन्तु ‘दर्लामी’को ढुंगा प्रहार गरी हत्या गरेका हुन् । दुवैको संयुक्त नाममा रहेको जग्गाको विषयमा बिवाद भएको र सोहि बिवादका कारण रामबहादुरले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

मंगलबार जग्गा कै विषयमा वडा कार्यालय पुगेर फर्किँदा दिउँसो करिब साढे २ बजेको समयमा घरदेखि नजिकै धुले पाल्सिङ सामुदायिक बनको धैरेनी भन्ने ठाँउमा श्रीमतीको टाउकोमा ढुंगाले हिर्काएर हत्या गरेका थिए । मृतक रामबहादुरकी दोस्री श्रीमती हुन भने रामबहादुर पनि मृतकको दोस्रो श्रीमान हुन् ।

उनीहरु बिचमा पटकपटक विवाद समेत हुने गरेको पारिवारिक प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले अहिले मृतक रामबहादुरलाई जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । रामबहादुरकी पहिलो श्रीमती केहि वर्ष पहिल्यै भागेकि थिइन् ।