Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


स्वदेश फर्किए प्रधानमन्त्री ओली, विमानस्थलमा पत्रकारसँग नबोली बालुवाटार प्रस्थान


0
Shares

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

स्वास्थ्योपचारका सिलसिलामा दुई साता लामो सिंगापुर बसाइ सकेर उनी स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि मन्त्रिपरिषदका सदस्यहरु, संवैधानिक अंगका प्रमुखहरु, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु विमानस्थलमा पुगेका थिए ।

समाचार संकलनका लागि विमानस्थल पुगेका संचारकर्मीसँग नबोली प्रधानमन्त्री ओली बालुवाटारतर्फ प्रस्थान गरेका छन् । अघिल्लो पटक सिंगापुरबाट फर्कदा पनि ओलीले पत्रकारसँग कुरा गरेका थिएनन् ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो ।