Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


वीर गणेशमान सिंह दौड प्रतियोगिता चैत ७ गते


0
Shares

काठमाडौं, माघ २७ । लौहपुरुष गणेशमान सिंहको सम्झनामा चैतमा काठमाडौंमा दौड प्रतियोगिता हुने भएको छ ।

आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह टेन के रोड रेस प्रतियोगिता’ चैत ७ गते हुने जानकारी दिएको हो ।

दश किलोमिटरको रोड रेसको महिला र पुरुषतर्फको विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ पाउने छन् ।

छैटौंदेखि दशौँसम्मलाई समान ४–४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सञ्जीव तुलाधरले जानकारी गराए ।

नेपालका चर्चित खेलाडीको सहभागिता रहने दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारबाट पुरस्कृत गरिने जनाइएको छ ।

दरबार मार्गको शेर्पा मलबाट शुरु भएको दौड महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, नारायणहिटी संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वार्टर, गैरीधारा, नारायणहिटी उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मलमा पुगेर समापन हुनेछ ।