काठमाडौं, भदौ २० । अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड–स्लाम टेनिस प्रतियोगिताको सेमिफाईनलमा युक्रेनकी एलिना भिटोलिनालाई हराउँदै सेरेना फाईनलमा पुगेकी हुन् ।
आज बिहान सम्पन्न खेलमा सेरेनाले भिटोलिनालाई ६–३ र ६–१ को सोझो सेटमा हराइन् । जितसँगै सेरेना करियरमा २४ औं ग्राण्ड–स्लाम उपाधिको नजिक पुगेकी छिन् ।
उपाधि जित्न सके सेरेनाले सर्वाधिक ग्राण्ड स्लाम जित्ने अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ ग्राण्ड–स्लाम उपाधिको किर्तीमान भेटाउनेछिन् ।
सेरेनाले अब फाईनलमा क्यानाडाकी खेलाडी बियान्का एन्ड्रेस्क्यूसँग प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाईनलमा स्विट्जरल्याण्डकी बेलिन्दा बेन्सिकलाई ७–६ र ७–५ ले हराउँदै बियान्का फाईनलमा पुगेकी हुन् ।








प्रतिक्रिया दिनुहोस्