१५ सयले बढ्यो सुनको मूल्य « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


१५ सयले बढ्यो सुनको मूल्य


0
Shares

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य १५ सयले उकालो लागेको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै सुन एकैदिन तोलामा १५ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ९० हजार ४ सयमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मंगलबार २५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ ।