१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


वादी समुदायलाई खानेपानीको व्यवस्था


0
Shares

डीबी विष्ट (इमेज)

बझाङ, भदौ १९ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–१०, चैनपुरका वादी समुदायलाई खानेपानीको व्यवस्था भएको छ ।

वर्षौदेखि सेती नदी र बाउली खोलाको पानी खाँदै आएका वादी समुदायलाई निःशुल्करुपमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो ।

बझाङका पूर्वप्रमुख जिल्ला अधिकारी सुरेश सुनार र जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर विष्टको विशेष पहलमा एउटा ट्यांकीमा चौबीसै घन्टा पानी आउनेगरी दुईओटा धारा जडान गरिएको हो ।

खोलाको पानी खान बाध्य वादी समुदाय धाराको सफा पानी पाएपछि दंग परेका छन् ।