१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


काबुलमा कारबम विस्फोट, १० जना मारिए


0
Shares

काठमाडौं, भदौ १९ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार तालिबान विद्रोहीले गराएको एउटा कारबम विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको काबुलस्थित विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कारबम विस्फोट गराइएको हो ।

अमेरिकी राजदूतावासनजिकै रहेको विदेशी कूटनीतिक नियोगमा भएको विस्फोटमा परी ४० जना घाइते भएका छन् ।

गएको सोमबार पनि काबुलमा तालिबानको बम आक्रमणमा परी १६ जनाको ज्यान गएको थियो ।

यसैबीच, अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ ।

१८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुनलाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिँदै आएको छ । (एजेन्सी)