Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


इरानमाथिको प्रतिवन्ध नहटाउने अमेरिकी राष्ट्रपति बाइडेन


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानमाथिको प्रतिवन्ध नहटाउने बताउनुभएको छ ।

सन २०१५ को आणविक सम्झौता पूर्ण पालना गनुपर्ने इयूका राष्ट्रहरुको आशयकाबीच इरानले अमेरिकी प्रतिवन्ध हटाउन दबाव दिनुपर्ने बताएको थियो ।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले यदि इरान सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँग गरेको बृहत् कार्ययोजनामा फर्कन चाहन्छन् भने उनीहरूले संयुक्त राज्य अमेरिकालाई इरानमाथिका सम्पूर्ण प्रतिबन्ध पूर्ण रूपमा हटाउन पहल गनुपर्ने बताउनुभएको थियो ।

यदि इरानमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारीरूपमा हटेको पाइएमा इरानले आफूसहित विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौतालाई मान्न बाध्य हुने खामेनीको भनाई थियो ।

यसको प्रति उत्तरमा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका इरानमाथिको कुनै पनि प्रतिबन्ध हटाउन तयार नरहेको बताउनुभएको हो ।

सन् २०१५ मा इरान र संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपियन युनियनबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो । एजेन्सी