Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


तीन युरोपेली मुलुकका राजदूतलाई देश निकाला


0
Shares

काठमाडौं, माघ २५ । रुसका राष्टपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने एलेक्सी नाभाल्नीको पक्षमा आयोजित प्रदर्शनमा सहभागी भएको भन्दै रुसले तीन युरोपेली मूलुकका राजदूतलाई देश निकाला गरेको छ ।

रुसले जर्मनी, स्वीडेन र पोल्यान्डका राजदूतलाई देश निकाला गरेको हो । सन् २०१४ मा नाभाल्नीमाथि कालो धनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो ।

उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई गत महिना पक्राउ गरिएको थियो ।

हाल सोही मुद्दामा साढे ३ वर्षको जेल सजाय दिइएको छ ।

नामभाल्नीलाई जेल सजाय सुनाइएलगत्तै दैनिक रुपमा विरोध प्रदर्शन भइरहेका छन् ।

रुसी विदेशमन्त्रालयका अनुसार गत जनवरी २३ मा आयोजित विरोध प्रदर्शनमा ती देशका राजदूतहरु नाभाल्नीको पक्षमा सहभागी थिए ।

नाभाल्नीले पुटिनले नै आफूलाई विष खुवाएर हत्या प्रयास गरेको जिकिर गर्दै आएका छन् ।

साथै पुटिनको सरकार भ्रष्टाचारी भएको र भ्रष्टाचार गरेरै उनले दरबार बनाएको आरोप नाभाल्नीले लगाउँदै आएका छन् । (एजेन्सी)