१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


साउदी र युएईका विदेशमन्त्रीद्वारा पाकिस्तानको भ्रमण, काश्मीरका सम्बन्धमा बहस


0
Shares

काठमाडौं । पाकिस्तानले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)लाई काश्मीर मामिलामा आफ्नो पक्ष स्पष्ट गर्न आग्रह गरेको छ ।

पाकिस्तानले काश्मीरीका लागि विश्वभरीका मुस्लिम देशको सहयोग जरुरी रहेको समेत जनाएको छ ।

साउदी अरब र संयुक्त अरब इमिरेट्सले काश्मीरको सम्बन्धमा भारतले खारेज गरेको संविधानको धारा ३७० बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

साउदी उपविदेशमन्त्री अब्देल बिन अहमद अल जुबैर र युएइका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद बिन सुल्तान अल नाहयान हिजो इश्लामाबाद पुगेका थिए ।

भ्रमणको उद्देश्य पाकिस्तानलाई आश्वासन दिनु रहेको बताइ पनि त्यो आश्वासन के हो भनि खुलाइएको छैन ।

दुवै नेताहरुले भ्रमणका क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीसँग छलफल गरेका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा काश्मीरकै मामिलामा दुई देशका प्रतिनिधिसँग कुरा भएको जनाइएको छ ।

पाकिस्तानले काश्मीर मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेपका लागि पहल गरिरहेपनि अपेक्षित सहयोग पाउन सकेको छैन । (एजेन्सी)