२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


ए-डिभिजन फुटसल लिग गर्न टर्नपाईकसँग एन्फाको सम्झौता


0
Shares

काठमाडौं, माघ २५ । बैशाख २५ देखि जेठ १५ गेतसम्म पोखरामा संचालन हुने ए डिभिजिन फुटसल लिगको ब्यवस्थापनको जिम्मेवारी टर्नपाईक इभेन्ट्सले सम्हाल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फाको फुटसल कमिटिका सयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका प्रमुख कार्यकारी अधिकृृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार टर्नपाइकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ ।

सम्झौतापछि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहकार्य ऐतिहासिक भएको बताए ।

यस्तै टर्नपाईकका उकेश लोहनीले पनि सहकार्य गर्नपाउँदा खुसी लागको प्रतिक्रिया दिए ।

विभिन्न प्रदेशबाट छनोट चरण पार गरी सञ्चालन हुने लिगमा कुल १० टिमले सहभागिता जनाउनेछन् ।

२० दिनसम्म सञ्चालन हुने लिगको विजेताले १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउने छ ।

यस्तै सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।

एन्फाले सहभागीता जनाउने प्रत्येक टोलीलाई व्यवस्थापनका लागि १ लाख उपलब्ध गराउने जानकारी समेत दियो ।